सन्दीप लामिछानेको उत्कृष्ट बलिङ : जित नजिक नेपाल

काठमाडाैं | फागुन २५, २०७९

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ : जित नजिक नेपाल

काठमाडौं : सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपाल जिततर्फ उन्मुख बनेको छ।

 

नेपालविरुद्ध २९८ रनको लक्ष्य पछ्याइरहेको पीएनजीले ३५औं ओभरमा सात विकेट गुमाएको छ। नेपालका लागि सन्दीपले आठ ओभरमा २६ रन खर्चेर एक मेडनसहित सर्वाधिक तीन विकेट लिएका छन्।

 

यस्तै, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक विकेट लिएका छन्। नेपालले एक विकेट रन आउटमा लिएको छ।

 

पीएनजीका टोनी उरा ४४ बलमा ९ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेर सन्दीपको बलमा आरिफको हातबाट क्याच भए। यस्तै, किप्लिन डोरिगा २६ तथा सेसे बाउ तीन रनमा पेभेलियन फर्के। कप्तान आसाद भाला ४२ रन जोडेर आउट भए।

 

पीएनजीलाई जितका लागि १०.४ ओभरमा एक सय १९ रन आवश्यक छ। 

 

आशिफ शेखको शतकीय इनिङप्रेरित नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनको योगफल तयार गरेको थियो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको हालसम्मकै उच्च योगफल हो। नेपालका लागि ओपनर आसिफ शेखले एक सय १० बलमा १२ चोका र दुई छक्कासहित एक सय १० रनको शानदार इनिङ खेले।

 

यस्तै, अर्का ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौहासहित ४५ रन जोडेर आउट हुँदा कप्तान रोहित पौडेलले ३० रन जोडे। भीम सार्की ३८ बलमा चार चौकासहित ४४ रन बनाएर आउट हुँदा सोमपाल कामी चार रनमा अविजित रहे।

 

पीएनजीका लागि सेमो कामेयाले ९.१ ओभरमा ३८ रन खर्चैर सर्वाधिक पाँच विकेट लिए। यस्तै, रिले​​ हेकुरेले तीन तथा अलेई नाओले एक विकेट लिएका थिए।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्